+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कतारमा चाँडै राजदूत नियुक्त गरी श्रमिक समस्याको हल खोज्नुपर्छ : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते २०:१६

६ साउन, काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कतारमा खाली राजदूत चाँडै नियुक्त गरेर श्रमिकको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

कतारस्थित नेपाली दूतावासको अवलोकनका क्रममा कार्यवाहक राजदुत कुमार राईलगायतका टोलीसँगको छलफलमा वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘कतारमा खाली राजदूत चाँडै नियुक्त गरेर तमाम समस्याको तत्काल समाधान गर्नुपर्छ। ‘

यस्तै उनले कतारबाट नेपालमा रेमिट्यान्स पठाउँदा कुनै नि:शुल्क पठाउन पाउने व्‍यवस्था हुनु पर्नेमा जोड दिए ।

‘नेपाली श्रमिकले यहाँबाट नेपालमा रेमिट्यान्स पठाउँदा कुनै शुल्क नलाग्ने बनाउनुपर्छ,’ उनले भने, ‘हाम्रो जस्तो रेमिट्यान्सले चलेको देशले श्रमिकको मेहनतले कमाएको पैसाको राज्यले अपनत्व लिनुपर्छ।’

कतारबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादनसँग जोड्नुपर्ने भन्‍दै उनले यसमा सरकारले नै पहल गर्ने बताए ।

उनले भने, ‘नेपालको अर्थतन्त्रलाई जोगाउने महत्वपुर्ण अंग रेमिट्यान्स कसरी जिवनस्तर माथि उठाउन उत्पादनशील क्षेत्रमा जोड्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो।’

कतारका कार्यवाहक राजदूत कुमार राईले कूटनीतिक दरबन्दी १० जना मात्र रहेकोले काम गर्न कठिना भइरहेको समस्या सुनाए । ‘ कतारी दूतावासमा कूटनीतिक दरबन्दी १० जना मात्र रहेको छ । यसले करिब ४ लाख नेपाली श्रमिक राहदानी बनाउनै गाह्रो छ । नेपालबाट श्रम स्वीकृति नलिइ आउँदा कामदारको व्‍यवस्थापन नै मुख्‍य चुनौतीको काम छ। यसले सेवा दिन एकदमै कठिनाइ भइरहेको छ ।’ उनले गुनासो गरे।

उनका अनुसार हाल कतार दूतावासमा कूटनीतिक १० जना र अन्य लोकल १२ जना गरी २२ जना रहेका छन् । अहिले पनि नेपाली कामदार सन् २००५ मै बनेको कतार नेपाल विच श्रम सम्झौता अनुसार श्रमिकहरू काम गर्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?