+
+

निफ्राको आम्दानी खुम्चिँदा नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते ८:५४

७ साउन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको ब्याज आम्दानी घट्दा नाफामा पनि असर परेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६.४ प्रतिशत घटेको छ । जसले गर्दा नाफा ५.९ प्रतिशत घटेको छ । गत आर्थिक वर्ष कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ४१ करोड थियो ।

त्यस्तै कम्पनीको वितरणयोग्य नाफा ७० करोड ७२ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ १६ पैसा छ । नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि सामान्य खस्किएको हो ।

प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७ पैसा रहेको निफ्राको दोस्रो बजारमा मूल्य प्रतिकित्ता २३७ रुपैयाँ छ । समग्र बजार बढ्दै जाँदा यस कम्पनीको मूल्य एक महिनामा २३ प्रतिशत बढेको छ ।

यस कम्पनीको निष्क्रिय कर्जा समेत देखिन थालेको छ । अघिल्लो वर्षसम्म शून्य रहेको निष्क्रिय कर्जा अहिले ०.०१ प्रतिशत छ । बैंकले विभिन्न पूर्वाधार तथा ऊर्जा परियोजनाहरुमा लगानी गर्दै आएको छ । असार मसान्तसम्म यस कम्पनीले २० अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने विभिन्न कम्पनीका सेयर लगायत अन्य धितोपत्रमा ३ अर्ब ६२ करोड लगानी गरेको छ । कम्पनीको चुक्ता पूँजी २१ अर्ब ६० करोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?