+
+

उड्डयन सुरक्षामा सरकारको आलटालले भयानक दुर्घटना : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते २१:०५

९ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हवाइ सुरक्षामा सरकारले पर्याप्त ध्यान नदिँदा बुधबार काठमाडौंमा विमान दुर्घटना भएको बताएको छ ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार युरोपियन युनियनले ‘सेफ़्टी अडिट’मा सुधार गर्न दिएका सुझावलाई सरकारले आलटाल गरेकाले यति ठूलो दुर्घटना भएको बताए ।

सरकारले हवाइ दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गर्नु स्वागत योग्य भए पनि यसले मात्र दीर्घकालीन समस्या समाधान नहुने राप्रपाले उल्लेख गरेको छ ।

‘सडक तथा हवाई दुर्घटनामा ज्यान गुमाउनेको संख्या निरन्तर बढिरहेको अवस्थामा सरकार भने यसको दीर्घकालीन समाधान नखोजी दुर्घटना जाँचबुझ आयोग बनाई प्रतिवेदन लिने र त्यसपछि थप कारवाही नगरी बस्ने प्रवृत्ति देखिएको छ’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।

हवाइ दुर्घटना कम गर्न सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा संचालक सबैले आ-आफ्नो जिम्मेवारी निर्वाहमा कठोरतापूर्वक लाग्नुपर्ने राप्रपाले बताएको छ ।

चितवनको सिमलतालमा पहिरोमा बगेर दुईवटा बसका ६५ यात्रु बेपत्ता भएको घटना लगत्तै ठूलो हवाइ दुर्घटना हुनु पीडादायी भन्दै राप्रपाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?