+
+

सुनका गहना चोरेर भाग्दै गर्दा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १३:१९

१३ साउन, काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका गरगहना उनले चोरी गरेको आरोप छ ।

सुनका विभिन्न गरगहना र नगद गरी १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरीले गहनासहित पक्राउ परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?