+
+

बाढीले करिडोर क्षेत्र ठाउँ–ठाउँमा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ११:००
ललितपुरको च्यासलस्थित करिडोर सडक ।

१६ साउन, काठमाडौं । गएरातिको वर्षापछि आएको बाढीका कारण काठमाडौंका खोला तथा नदी किनारका सडक ठाउँ-ठाउँमा अवरुद्ध भएका छन् । सडक नै बाढीले ढाक्दा यातायात आवागमन प्रभावित भएको छ ।

कागेश्वरी मनोहरा क्षेत्रको करिडोरका सडकमा अहिले पनि पानी जमेको छ । झट्ट हेर्दा सडक हो कि खोला हो भनेर छुट्याउन गाह्रो जस्तो देखिन्छ । कतिपय स्थानका करिडोर क्षेत्र हिलाम्य भएको छ ।

गएराति काठमाडौं उपत्यकामा परेको पानीले ठूलो बाढी आएको थियो । नदी तथा खोला किनारका बस्तीमा बाढी पस्दा स्थानीयको दैनिकी नै प्रभावित भएको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, शंखपार्क, सुकुम्बासी बस्ती, कालिमाटी तरकारी बजार क्षेत्र लगायतका स्थानमा जलमग्न भएका छन् । करिडोर क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदा सवारी चालक र यात्रुहरुलाई जाममा बस्नुपर्ने बाध्यता छ ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा ठूलो वर्षा भएर बाढी आएकाले खोला किनारको बाटो भएर यात्रा नगर्न अनुरोध गरेको थियो । तर सवारी चालक र यात्रुहरुले करिडोरकै बाटो प्रयोग गर्दा सास्ती खेपेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?