+
+

दुई तिहाइले संविधान संशोधन गर्नु प्रतिगमन होइनः प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते २०:५४

१८ साउन, काठमाडौं । प्रधानमन्त्री ले संविधान संशोधनलाई प्रतिगमन भनेर भ्रम फैलाउन खोजिएको बताएका छन् ।

नेपाल बार एसोसियशनका प्रतिनिधि टोलीसँग प्रधानमन्त्री ओलीले संविधानकै व्यवस्थाका आधारमा संशोधन गरिने बताए । दुई तिहाइले संविधान संशोधन गर्नु प्रतिगमन नहुने बताए ।

‘दुइ तिहाइ सांसदले जुन रुपमा संविधान संशोधन गर्छन्, त्यसै आधारमा संशोधन हुने हो’ ओलीले भने, ‘लोकतन्त्रका लागि जेलनेल र संघर्ष गरे यहाँसम्म आएका हौं । हामीबाट लोकतन्त्र सिध्याउनेगरी संविधान संशोधन हुन्छ भन्ने कल्पना गर्न सकिन्छ ?’

प्रतिगमनका लागि नभएर अग्रमन, सुशासन र विकासका लागि संविधान संशोधन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?