+
+

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १८:४३

काठमाडौं । कृष्णनगरमा स्व. वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस् भैरहवाको समन्वयमा १९ साउनमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा स्वास्थ्य शिविर सञ्चालन भएको होे ।

स्वास्थ्य शिविरमा कृष्णनगर लगायत आसपासबाट आएका करिब ४५० जना बिरामीहरूले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, ईसीजी, छाला तथा यौन रोग लगायत रोगहरूको निःशुल्क जाँच तथा निःशुल्क औषधि वितरण समेत गरिएको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

शिविरमा नाम टिपाएका बिरामीहरूले १७ भदौसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस् भैरहवाले विशेष छुट तथा सहुलियत दरमा बिरामी उपचार समेत गर्ने गोयलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?