+
+

२०८४ अघि प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १९:५७

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको चालू कार्यकालमा आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका छन् ।

हुम्ला–काठमाडौं सम्पर्क समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका हुन् ।

‘कतिपयलाई लाग्ला मौका मिल्यो भने प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ । तपाईंहरुलाई म भन्छु–अब म प्रधानमन्त्री यो कार्यकालमा हुन्न’, प्रचण्डले भने ।

सरकारमा जान आफूलाई अहिले हतार गर्नु नरहेको भन्दै उनले थपे, ‘२०८४ सम्म जनतामा जाने, पार्टी नै बनाउने र पार्टीलाई जिताएरै छाड्ने संकल्प मैले लिएको छु । प्रधानमन्त्री पुग्यो अहिलेलाई ।’

तर, २०८४ पछि एक नम्बर पार्टी भयो भने प्रधानमन्त्रीका लागि त्यतिबेला सोचिने उनले बताए । ‘भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यहि बेला सोचौंला’, प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?