+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते १३:०१

२५ साउन, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् ।

काठमाडौंंबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–०२–०० १ च ०४८७ नम्बरको पिकअप भ्यानले विपरीत दिशामा रहेको प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक राय र मोटरसाइकलको पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको थियो ।

चालक रायको उपचारको क्रममा मृत्यु भएको र ठाकुरको सोही अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर केशव कुमार कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?