+
+

फिल्ममा बेनिशा हमालको व्यस्तता, साइन गरिन् ‘मोहर’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १३:५३

काठमाडौं । अभिनेत्री बेनिशा हमाल एकपछि अर्को गरी फिल्ममा व्यस्त भइरहेकी छन् । शुक्रबार उनले निर्देशक ओमप्रतीक गुरुङको नयाँ फिल्म ‘मोहर’ साइन गरेकी छन् ।

फिल्मको शीर्ष भूमिकामा बेनिशालाई लिखित अनुबन्धित गरिएको निर्माता चुम्बनजंग शाहीले जानकारी दिए । यसअघि यो फिल्ममा पल शाह, अर्जुनजंग शाही र नीति शाह फाइनल भइसकेका छन् ।

‘अहिलेसम्म चार जना कलाकार फाइनल गरेका छौं,’ निर्माता शाहीले अनलाइनखबरसँग भने, ‘कलाकार छनोटका कामहरु, वर्कसप र गीतको काम भइरहेको छ ।’ उनका अनुसार फिल्मको छायांकन माघ ४ देखि सुदूरपश्चिममा हुनेछ ।

‘मोहर’अघि बेनिशा फिल्म ‘एक्लो’को छायांकनमा व्यस्त हुनेछिन् । यसैवर्ष ‘कल्ली’ पनि उनको लाइनअपमा छ । बेनिशाको पछिल्लो सुपरहिट फिल्म ‘छक्कापञ्जा ४’ हो ।

यस वर्ष बेनिशाले आफ्नो हिन्दी डेब्यु फिल्म ‘दुर्गम’को छायांकनमा समेत समय दिनेछिन् । यसका लागि उनी भारत जानेछिन् । यो हिन्दी फिल्ममा धडक, द लास्ट शो, फराज जस्ता चर्चित भारतीय फिल्मका अभिनेता गोदान कुमार पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?