+
+

नेपाली बजारमा अनर एक्स६बी, मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २८ गते १७:१८

काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स६बी नेपालमा भित्र्याएको छ । कम्पनीले १२ अगस्टदेखि अनर एक्स६बी नेपाली बजारमा सर्वजनिक गरेको हो ।

‘अख्खा ब्याट्री, अख्खा फिचर्स’ ट्यागलाइन रहेको यो फोनको ब्याट्री लामो समय टिक्ने दाबी कम्पनीको छ । स्टोरेज क्षमता बढी हुनुका साथै उन्नत एआई क्यामेरा यस फोनको अर्को विशेषता रहेको छ ।

एकल चार्जमा दुई दिनसम्म टिक्ने अनर एक्स६बीमा मिडिया टेक हेलिओ जी८५ फिचर रहेको छ ।

५२००एमएएच ब्याट्री रहेको यस फोनमा १० प्रतिशत ब्याट्री बाँकी रहँदा पनि १९ घण्टाभन्दा बढी चलाउन सकिने कम्पनीको दाबी छ ।

३५डब्ल्यू अनर सुपरचार्ज प्रविधि रहेको फोनमा टर्बो चार्जिङ मोड रहेको छ भने १० मिनेटमा २० प्रतिशत चार्ज गर्न सकिन्छ ।

१ हजार चार्ज साइकल पछि पनि ब्याट्रीले चार वर्षको भरपर्दो सेवा बराबर आफ्नो क्षमताको ८० प्रतिशत कायम राख्ने कम्पनीको भनाइ छ ।

अनर एक्स६बीमा ६ देखि १२ जीबीसम्म बढाउन मिल्ने र्‍याम  र १२८ जीबी स्टोरेज क्षमता रहेको छ । ५० मेगापिक्सेलको एआई अल्ट्रा–क्लियर क्यामेरा (अगाडि ५ मेगापिक्सेल क्यामेरा) रहेका कारण उत्कृष्ट तस्वीर एवम् भिडियोहरू खिच्ने क्षमता यो फोनमा छ ।

९० हर्ज उच्च रिफ्रेस दरको उत्कृष्ट ६.५६ इन्च क्लियर डिस्प्ले रहेको छ भने सनलाइट मोडमा ७८० निट्ससम्मको उच्च ब्राइटनेस रहेको छ ।

मूल्य कति ?

कम्पनीका अनुसार अनर एक्स६बी स्टेरी पर्पल, मिडनाइट ब्ल्याक र फरेस्ट ग्रीन कलरमा उपलब्ध छन् ।

कम्पनीले ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?