+
+

‘पुष्पा २’का गायक नकाश अजिजको स्वरमा ‘रावायण’को शीर्ष गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १५:३३

काठमाडौं । चर्चित भारतीय पाश्र्वगायक नकाश अजिजले नेपाली फिल्म ‘रावायण’को शीर्ष गीतमा स्वर दिएका छन् । उनको आवाज रहेको फिल्मको टाइटल सङ् मंगलबार युट्यवमा सार्वजनिक भएको छ ।

बलिउड र साउथ शैलीको नृत्य शैली कम्पोजको झल्को दिने यो गीतमा अजिजको स्वर छ । गायक अजिजको पछिल्लो गीत ‘पुष्पा २’को शीर्ष गीत चर्चामा छ । उनी ओस्कार विजेता बलिउड कम्पोजर एआर रहमानका सहायकको रुपमा पनि चर्चित छन् ।

विशाल शिवलिंग र त्यसको सेटिङमा खिचिएको गीतमा हिन्दी, संस्कृत र नेपाली भाषाको शब्द मिश्रण छ । पल शाह र पूजा शर्मा गीतमा फिचर्ड छन् । फास्ट–ट्रयाक शैलीको यो गीतमा उनीहरुको नृत्य आकर्षक लाग्छ । पल शाहले हिन्दु धर्मग्रन्थ रामायणको एक पात्र रावणको भूमिकाको झल्को दिएका छन् । रावण शिवको भक्त भएको वृत्तान्त रामायणमा छ ।

यो एक्सनप्रधानको यो फिल्मको शीर्ष गीतलाई रेवान आरती सिंहले कम्पोज गरेका हुन् । कृष्णहरि बरालको शब्द छन् । विक्रम स्वारँले नृत्य निर्देशनमा गरेको मिहेनत यसमा प्रष्ट देखिन्छ ।

सुदर्शन थापाले निर्देशन गरेको एक्सन प्रधान ‘रावायण’लाई पूजा शर्माले निर्माण गरेकी हुन् । यो फिल्म भदौ २१ देखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?