+
+

एफईयू र केएमसीबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३ गते १७:२३

काठमाडौं । कोरियाको फार इस्ट विश्वविद्यालय (एफईयू) र काठमाडौं मोडेल कलेज (केएमसी) बीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा दुवै संस्थाका विद्यार्थी र प्राध्यापकबीच आदानप्रदान, अनुसन्धान सहकार्य, उद्यमशीलता प्रवर्द्धन र जेनेरेटिभ एआई प्रविधिको अध्ययन र अनुप्रयोगमा सहकार्य गर्ने योजना समावेश गरिएको छ ।

समझदारीपत्रमा केएमसी कलेज प्रमुख सुरेन्द्र सुवेदी र फार इस्ट विश्वविद्यालय अध्यक्ष ल्यु की इल्लले हस्ताक्षर गरे ।

समझौताअनुसार केएमसी र एफईयू छात्रवृत्ति कार्यक्रम पनि घोषणा गरिएको छ । जसअन्तर्गत काठमाडौँ मोडेल कलेज र भगिनी शिक्षण संस्थाहरूका विद्यार्थीहरूलाई फार इस्ट विश्वविद्यालयमा हवाई सुरक्षा, सूचना प्रविधि लगायतका विषयमा छोटो अवधिको शैक्षिक कार्यक्रममा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिनेछ ।

सम्झौता अनुसार विद्यार्थीहरूलाई उद्यमशीलता विकासका लागि इन्क्युबेटर, एक्सलरेटर र परामर्श अवसरहरू पनि उपलब्ध गराइनेछ ।

जेनेरेटिभ एआई प्रविधिमा सहकार्य गरी अनुसन्धान केन्द्रहरूको स्थापना, नवाचार प्रयोगशालाहरूको विकास र उद्योग साझेदारीहरूको विस्तार गर्ने योजना रहेको जनाइएको छ।

सम्झौता हस्ताक्षर समारोहमा कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. उपेन्द्रकुमार कोइरालाले दुई संस्थाबीचको सहकार्यले अनुसन्धानात्मक कार्यहरूमा नयाँ सम्भावनाहरूको ढोका खोलेको भन्दै यसलाई दीर्घकालीन रूपमा कायम राख्नका लागि संयुक्त कार्यक्रमहरूको आवश्यकतामा जोड दिए ।

कलेज प्रमुख सुरेन्द्र सुवेदीले समझदारीबाट विद्यार्थी र प्राध्यापकहरूलाई एकआपसमा मिलेर अनुसन्धानात्मक कार्यहरू गर्न अवसर प्रदान गर्ने र दुवै संस्था लाभान्वित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?