+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भक्तपुरमा घिन्ताङघिसी नाचसँगै ८ दिने गाईजात्रा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ भदौ ४ गते १९:२६

४ भदौ, भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आजबाट सुरु भएको छ । सोमबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु भएको मानिन्छ ।

सोमबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । गाईजात्रा पर्वका अवसरमा भक्तपुर जिल्लाभरि नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाँच प्रदर्शन गर्दै गाईजात्रा मनाइएको छ ।

दिवङ्गत व्यक्तिको सम्झनामा आज नेवार समुदायको घर–घरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको संस्कृतिविद् बिन्दा जोशीले जानकारी दिइन् । आज गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खानेकुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ ।

यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको उनले जानकारी दिए ।

जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाच समेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाच लगायत देवीदेवताका नाच समेत प्रदर्शन गरिएको छ ।

आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ। विभिन्न घरबाट निकालिएको जात्रा दरबारस्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रेय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गर्दछन् ।

जात्रा समापनका क्रममा तौमढीबाट साँझ परालबाट बनेको तमाचा र त्यससँगै भैरव नाच समेत निकालिन्छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तमाचा र सबैभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीन पटक परिक्रमा गरेपछि आजको जात्रा समापन हुने परम्परा छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?