+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रुसका लागि प्रस्तावित राजदूत भन्छन् : रुसी सेनामा रहेका नेपाली फर्काउन पहल गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १९ गते १३:२९

१९ भदौ, काठमाडौं । रुसका लागि प्रस्तावित नेपाली राजदूत जंगबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा प्रस्तावित राजदूत चौहानले अहिलेसम्म ४७ जनाको मृत्यु भएको र थुप्रै नेपाली सम्पर्कविहीन रहेको बताए ।

रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको भन्दै उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले (रुसी) राष्ट्रपति पुटिनसँग भेट गर्दा पनि सबै भारतीय फर्किन सकेको छैनन् ।’

रुसी सेनामा भर्ना भएकाहरुलाई नेपाल फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै आफू राजदूत भएर गएमा अझ तीव्रताका साथ काम गर्ने उनले बताए ।

प्रस्तावित राजदूत चौहानले भने, ‘रुसी भाषाको ज्ञाका कारण सहज हुन्छ कि भन्ने अपक्षा राखेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?