+
+

विद्युत प्राधिकरणले समन्वयबिनै सडकका रुख काटेको भन्दै पोखराका मेयर आचार्य आक्रोशित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १२:३६

३० भदौ, काठमाडौं । समन्वयबिनै सडकका रुख काटेको भन्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विद्युत प्राधिकरणमाथि आक्रोश पोखेका छन् । नेपाल विद्युत प्राधिकरणले शनिबार पोखरा न्युरोड क्षेत्रका ४७ वटा रुख काटेको महानगरले जनाएको छ ।

पोखरा महानगरले ‘ग्रीन पोखरा, क्लिन पोखरा’ परियोजना सुरु गरेको र त्यसअनुसार २ लाख २६ हजार विरुवा रोप्ने लक्ष्य लिएकोबेला नै सडकमा हुर्किइसकेका रुख बिना समन्वय काटिएको मेयर आचार्यले बताएका छन् ।

‘धेरै वर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ’, मेयर आचार्यले भनेका छन्, ‘विद्युत प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहान्छु यस्तो अधिकार कसले दियो ?’

सडक किनारमा रुख काट्न प्रयोग भएका औजार र भर्‍याङसमेत महानगरले नियन्त्रणमा लिएको छ । महानगर स्रोतका अनुसार शनिबार पोखरा सभागृह चोकदेखि चिप्लेढुंगा क्षेत्रसम्मको रुख काटिएको हो । ‘सार्वजनिक बिदाको दिन पारेर रुख काटिएको छ । हामीलाई जानकारी आउनेबित्तिक्कै रोकेर केही सामान जफत पनि गरेका छौं’, महानगर स्रोतले, ‘रुखले नांगो तार छोइएको भनिएको छ । तर त्यही बहानामा रुख पूरै मुन्ट्याइएको छ । यो गलत भयो ।’

बिनाअनुमति सडकका रुख काटिएकोबारे कारण खुलाउन महानगरले प्राधिकरणलाई पत्राचारसमेत गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?