+
+

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते १७:००

२ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन् ।

बुधबार मत विभाजनका लागि बालाइएको बैठकमा ८३ सांसद उपस्थीत भएका थिए । जसमा कार्कीको पक्षमा ६६ मत खस्यो, विपक्षमा १५ मत खसेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।

२७ बैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले ३१ बैशाखमा विश्वासको मत लिएका थिए । तर सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज पून विश्वासको मत परीक्षण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?