+
+

अब चढ्न पाइनेछ धरहरा (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ असोज २ गते १९:५०

२ असोज, काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणले धरहरा चढ्न पाउने भएका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजना का प्रमुख कोषनाथ अधिकारीले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा भोलिदेखि सर्वसाधारणले चढ्‍न पाउने बताए ।

उनका अनुसार सरकारले शहरी विकास मन्त्रालयमार्फत भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ ।

विहान ११ बजेपछि प्रत्येक आधा घण्टामा १०० जनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

हेर्नुहोस् तस्वीरहरू : 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?