+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १३:०९

काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

नेपाल आउने भारतीय नागरिकलाई क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधा प्रबर्द्धनमा सहकार्य गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

फोन पेसँगको सहयोगमा भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायकहरू जस्तै – भीमपे, यूपीआई, फोनपे, गुगलपे आदिको माध्यमबाट महालक्ष्मी विकास बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी मनकामना केबुलकार शुल्क भुक्तानी गर्न सक्नेछन् ।

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरूको पहिलो रोजाइको रूपमा रहेकोले डिजिटल भुक्तानीमा समेत उल्लेख्य रूपमा वृद्धि हुने विश्वास लिइएको छ ।

यस्तो सुविधाले नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुऱ्याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुऱ्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?