+
+

सृष्टिसँग फिल्म गर्न थालेकोबारे सौगात : ‘हामी फेरि मिल्ने साथी भएका छौं’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते १२:०९
फाइल तस्वीर

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो प्रेम सम्बन्धमा गत वर्ष दरार आयो । आपसी सहमतिमा भन्दै यी दुई अलग भए । यतिबेला भने फिल्मले यी दुईलाई पुनः नजिक ल्याइरहेको छ ।

‘ब्रेकअप’पछि यी दुईले पहिलोपटक फिचर फिल्म ‘विनोद’मा सहकार्य गर्दैछन् । सृष्टिले इन्स्टाग्रामबाट सेयर गर्दै यो फिल्ममा आफूले अभिनय गर्न लागेको जनाएकी छन् । शीर्ष भूमिकामा सौगात हुनेछन् ।

यतिबेला ‘बलिदान’को छायांकनमा व्यस्त सौगातले सृष्टिसँग आफूलाई धेरै फिल्मको अफर आइरहेको बताए । ‘ब्रेकअपपछि पनि फिल्म गर्न हुँदैन भन्ने होइन । अहिले हामी राम्रा साथी भएका छौं’ उनले भने, ‘सृष्टिसँग अरु फिल्म पनि गर्ने कुरा छ ।’

के पुनः ‘प्याचअप’ हुन लागेको हो ? भन्ने प्रश्नमा सौगातले आफूहरु अहिले मिल्ने साथी रहेको बताए । पुनः प्याचअप हुनसक्ने संकेत उनले गरे । ‘भोलि कसले देखेको छ र । काम गर्दै जाँदा फेरि हुनसक्छ’ उनले भने ।

सौगात र सृष्टिले सहकार्य गरेको पछिल्लो फिल्म ‘द रेड सुटकेस’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?