+
+

क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ६ गते २०:०६

६ असोज, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो जितको खोजीमा छ ।

नेपालले पछिल्लो खेल ओमानबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । उक्त प्लेइङ ११ लाई नै निरन्तरता दिएको छ ।

नेपालको प्लेइङ–११ :

अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद(विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

बेन्च : दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल र रिजन ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?