+
+

चाडबाड लक्षित भाटभटेनीको छुट योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १५:५६

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी छुट योजना सार्वजनिक गरेको छ ।

१७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने यस योजना अनुसार भाटभटेनीका सबै प्रकारका विद्युतीय सामग्री खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

त्यसैगरी किचनका निर्धारित सामग्री खरिदमा ३० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ ।

सबै प्रकारका रेडिमेड तथा जुत्तामा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय ब्रान्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको छ ।

चामल, दाल, चना, चिउरा, तेल, चिनी, चिया लगायत खाद्यान्नमा भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ ।

जिरा मसिनो स्टिम चामल २ हजार २२० रुपैयाँमा उपलब्ध हुनेछ । अफर अवधिभर यही मूल्यमा जिरा मसिनो चामल प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी प्रिमियम सोना मनसुली प्रतिबोरा (२५ केजी) १ हजार ६४० रुपैयाँमै उपलब्ध हुनेछ ।

यो अफर योजनामा लङग्रेन चामल २० केजीको ३ हजार २२५ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी मुसरको दाल प्रति केजी १४८ रुपैयाँ, मासको दाल प्रति केजी २१३, रहरको दाल प्रति केजी २८८ रुपैयाँ, मुँगको दाल प्रति केजी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध हुने भाटभटेनीले जनाएको छ ।

तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध हुनेछ ।

डीडीसीको घिउ केजीमा ८१ घटाएर ९९९ रुपैयाँमा उपलब्ध हुनेछ भने चिनी प्रति केजी १०२ रुपैयाँ र चिया प्रति केजी ४९८ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुट पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?