+
+

अदालतमा मुद्दा स्थगित गर्न बार एशोसिएशनको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १३:३०

१३ असोज, काठमाडौं। नेपाल बार एसोसिएसनले देशभरको बाढी र पहिरोका कारण मुद्दाका सेवाग्राही प्रभावित भएको भन्दै कानून व्यवसायीहरुले आग्रह गरेमा मुद्दाको सुनुवाइ स्थगित गर्न माग गरेको छ ।

बारले सर्वोच्च अदालतका मुख्यरजिष्ट्रारलाई पत्र पठाइ स्थिति सहज नभएसम्मका लागि मुद्दाको पेशी रोकिदिन आग्रह गरेमा त्यसलाई सहजीकरण गरिदिन अनुरोध गरेको हो ।

बाढी पहिरोका कारण एक ठाँउबाट अर्को ठाँउमा पुग्न सहज नभएको भन्दै बारले त्यस्तो अवस्थामा इमेल वा अन्य माध्यमबाट मुद्दा स्थगित गरिदिन आग्रह भएमा स्वीकार गरिदिन अनुरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?