+
+

पर्यटक उद्धार उडान सहज गराउन विभागीय पहल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:३५

१३ असोज, काठमाडौं । पर्यटन विभागले उद्धार उडान सहज गराउन पहल थालेको छ ।

विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीको संयोजकत्वमा बसेको पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समिति बैठकले उद्धार उडान सहज गराउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकले उद्धार उडान (रेस्क्यु फ्लाइट) गर्दा अनुमति प्राप्त गर्ने प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने भएकाले प्रक्रियागत अनुमति छोट्याउन तथा निषेधित क्षेत्रका सम्बन्धमा पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

विपदमा परेका पर्यटकको उपचारमा सहजीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धार पर्खाइमा रहेका पर्यटकको हवाई उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर उडान अनुमति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

मनास्लु र सोलुखुम्बुमा रहेका पर्यटकको अवस्था बुझ्न नेपाल पर्वतारोहण संघको नेतृत्वमा तत्काल अनुगमन गर्ने निर्णय भएको विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?