+
+

विपद्‌मा घाइते भएकालाई सरकारी अस्पतालमा नि: शुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:५१
फाइल तस्वीर

१३ असोज, काठमाडौं। विपद्‌मा परेर घाइते भएकाहरुलाई नि: शुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

बाढी, पहिरोमा परेर घाइते भएकाहरुको सरकारी अस्पताल र ट्रमा सेन्टरमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

गृह मन्त्रालयको विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. भिष्मकुमार भुसालले अहिलेसम्म नि:शुल्क उपचार गरेर २५ जना डिस्चार्ज समेत भइसकेको बताए ।

अहिले पनि २४ जना उपचाररत रहेकोमा ४ जनाको अवस्था भने गम्भीर रहेको उनले बताए ।

शुक्रबार र शनिबार आएको वर्षाका कारण ठूलो जनधनको क्षतिको भएको छ ।

क्षतिको विवरण संकलनको काम भइरहेकोले मृतक तथा बेपत्ता र घाइतेहरुको संख्या पनि बढ्ने क्रम जारी छ ।

अहिलेसम्म १४९ जनाको मृत्यु भएको छ । ५९ जना बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?