+
+

किताब जात्राको नयाँ दिल्ली चौथो संस्करण सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १६:५२

काठमाडौं । ‘किताब जात्रा’को नयाँ दिल्ली चौथो संस्करण सकिएको छ । दिल्लीको हौजखासस्थित पीएचडी हाउसमा भएको किताब जात्रामा यस वर्ष पनि रोचक सत्रहरुमा साहित्य, साहित्य प्रकाशन, नेपाल-भारत सम्बन्ध लगायतका विषयमा छलफल गरियो ।

पठन संस्कृतिलाई प्रवर्द्धन गर्न सुरु गरिएको किताब जात्रा महोत्सवको चौथो संस्करणमा भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा प्रमुख अतिथि थिए ।

समारोहमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक इन टू द फायरको अन्तर्राष्ट्रिय रुपमा लोकार्पण गरिएको थियो । समारोहका क्रममा एक सत्र यस पुस्तक बारेको चर्चा समेत रहेको थियो ।

किताब यात्रा फाउन्डेसनका अध्यक्ष एवं किताब जात्राका फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले किताब जात्रा पठन संस्कृति बसाल्न निरन्तर प्रयास गर्दै आएको र यस संस्करणमा भारत-नेपाल सम्बन्ध, साहित्य, प्रकाशनको विषयमा छलफल गर्दै संस्कृतिको जगेर्ना गर्ने प्रयास भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?