+
+

आजैदेखि देशभरि रुट परमिट खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १९:५१
फाइल तस्वीर

१४ असोज, काठमाडौं । सरकारले आजै (सोमबार) देखि देशभरि रुट परमिट खुला गरेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ ।

यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय भएको प्रवक्ता दत्तले जानकारी दिए ।

अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको उनको भनाइ छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या ह्वात्तै बढ्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?