+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

धुलिखेल-भकुण्डे सडकखण्ड एकतर्फ़ी सञ्चालनमा आयो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते २१:०४

१४ असोज, काभ्रे। बीपी राजमार्ग अन्तर्गत धुलिखेल-भकुण्डे सडकखण्ड एकतर्फ़ी सञ्चालनमा भएको छ।

काभ्रेको सदरमुकाम धुलिखेलदेखि भकुण्डेबेसी सम्मको सडक सोमबार साझबाट सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास कुमार तामाङले जानकारी दिए ।

उक्त खण्ड सञ्चालन भएपनि बीपी राजमार्गको नौबीसे-फेदी खण्डमा दाप्चा खोला तथा चौकीडाडा देखी सिन्धुलीको सिमाना सम्म ११ ठाउको ३ हजार मिटर सडकमा बाढी र पहिरोका कारण क्षति पुगेको छ।

रोशीदेखि मान्ती खोलासम्मको सडकखण्डमा रोशी खोलाको बाढीले सडक नै गायब बनाएकाले तत्काल सञ्चालन हुन कठिन रहेको प्रहरी अधिकारीले बताएका छन्। सो सडकखण्ड ठाउँ–ठाउँमा बाढीले कटान गर्दा सयौँ यात्रु बिचमा अलपत्र परेका थिए। केहीको उद्धार भएकोमा केही अझै उद्धारको प्रतीक्षामा छन्। केही पैदल हिँडेर सुरक्षित स्थानतर्फ गएका छन्।

मृत्यु हुनेको संख्या ६४ पुग्यो

अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । मृत्यु हुनेमा २९ जना महिला, २० जना पुरुष र १५ जना बालबालिका छन ।

सबै भन्दा बढी पनौतीमा १८ जना, तेमालमा ९, मण्डनदेउपुरमा ८, बेथानचोकमा ७, रोशीमा ६, नमोबुद्दमा ५, चौरीदेउराली, भूम्लू र बनेपामा ३/३, धुलिखेलमा २ जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?