+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एभरेस्ट इन्जिनियरिङ कलेजद्वारा ‘एकाडेमिक इनोभेसन इन इन्डस्ट्री’ विषयक सेमिनार आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते १८:०९

काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले ‘एकाडेमिक इनोभेसन इन इन्डस्ट्री’ विषयक गोष्ठी आयोजना गरेको छ ।

१५ असोजमा आयोजित कार्यक्रममा शिक्षाविद्‍हरू त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू प्रा.डा. सुवर्ण शाक्य, डा. बाबुराम दवाडी, काठमाडौं विश्वविद्यालयका प्रा.डा. सुदन झा, प्रा.डा. सुवोध शर्मा, डा.राजिव सुब्बा लगायतका विज्ञहरूले नेपालको इन्जिनियरिङ शिक्षा तथा इन्जिनियरिङ सेवा र नवप्रवर्तन बीचको खाडललाई कम गर्ने विषयमा छलफल भएको थियो |

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनमा इन्जिनियरिङ सेवा, नवप्रवर्तन र इन्जिनियरिङ शिक्षा बीचको खाडल कम गर्न नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने बताए ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तर्राष्ट्रिय मान्यता लगायतका गतिविधि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमा एमईका संयोजक प्रा.डा. श्यान किरात राईले विद्यार्थीका लागि थेसिससहित दुई वर्षमा पढाइ सक्ने गरी विस्तृत कर्ययोजना प्रस्तुत गरेका थिए |

प्राचार्य ई. विरोध रिजालले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए |

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले सहजीकरण गरेको कार्यक्रममा नेपालका आईटी तथा इन्जिनियरिङ शिक्षा सञ्चालन गरिरहेका इन्जिनियरिङ कलेज, आईटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्था, इन्जिनियरिङ शिक्षाका शिक्षाविद्, इन्जिनियरिङ विषयका अनुसन्धानकर्ता, इन्जिनियरिङ विषयका विद्यार्थी लगायत उपस्थिति थिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?