+

वुमन्स लिगको अन्तिम खेलअघि ललितपुर र चितवनको प्रोटेस्ट, खेल अवरुद्ध

२०८१ असोज  १८ गते १६:३८ २०८१ असोज १८ गते १६:३८
वुमन्स लिगको अन्तिम खेलअघि ललितपुर र चितवनको प्रोटेस्ट, खेल अवरुद्ध

१८ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्ल्युभीएल) मा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन र ललितपुरले छानबिनको माग गरेपछि शुक्रबारको खेल अवरुद्ध भएको छ ।

लिगमा ललितपुरले गण्डकीविरुद्ध र चितवनले काठमाडौं र कर्णालीविरुद्ध उजुरी दिँदै छानबिनको माग हो ।

गण्डकीले खेलाडी सोइङ थापालाई ट्यालेन्ट हन्टको खेलाडीको रुपमा मैदानमा उतारेकामा ललितपुरले असहमति जनाएको हो । ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीले यसअघि कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको हुन नहुनेमा सोइङले यसअघि नै नेपाल भलिबल संघले आयोजना गरेको लिग र अन्य राष्ट्रियस्तरका खेल खेलिसकेको ललितपुरले उजुरीमा उल्लेख गरेको छ ।

यसरी खेलाउनु लिगको नियमावली विपरीत भएको भन्दै उसले छानबिनको माग गरेको छ ।

त्यस्तै, चितवनले पनि काठमाडौंकी रितिका भट्ट र कर्णालीकी सीता सेन ठकुरीलाई ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीको रुपमा खेलाएकामा आपत्ति जनाएको छ ।

ललितपुरले लिगको चौथो खेलमा गण्डकीसँग ३–२ को सेटमा हार बेहोरेको थियो ।

चितवनले काठमाडौंसँग मंगलबार ३–१ ले हार बेहोरेको थियो भने बिहीबार कर्णालीसँग ३–२ को सेटले हार बेहोरेको थियो ।

रितिकाले सुदूरपश्चिम टिममा रहेर नवौं राष्ट्रिय खेलकुद खेलिसकेकी छन् भने कर्णालीकी सीताले पनि नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिसकेकी छन् ।

 

एभरेष्ट वुमन्स भलिबल लिग चितवन ललितपुर

धेरै कमेन्ट गरिएका

लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय