+
+

सामान्य प्रक्रियाबाट हुन नसकेको बेरुजु फर्छ्योट गर्न समिति गठन

सरकारले सामान्य प्रक्रियाबाट हुन नसकेको बेरुजु फर्छ्योट गर्न समिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १८ गते १८:२९

१८ असोज, काठमाडौं । सरकारले सामान्य प्रक्रियाबाट हुन नसकेको बेरुजु फर्छ्योट गर्न समिति गठन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार सार्वजनिक लेखा लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा सो समिति गठन गरिएको हो ।

मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार सो समिति गठन गरिएको हो । ऐनको दफा ४२ को उपदफा १ बमोजिम हुने गरी समिति गठन भएको र सदस्य समेत सोही दफामा तोकिए बमोजिम हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सामान्य प्रक्रियाबाट फर्छ्योट तथा सम्परीक्षण हुन नसकेका आव २०६०/६१ देखि २०६४/६५ सम्मका बेरुजु (फर्छ्योट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजुबाहेक) कुनै पनि संवैधानिक अंग तथा निकाय, मन्त्रालय, सचिवालय, आयोग, विभाग, अदालत वा कार्यालय अन्तर्गतका बेरुजुबारे अध्ययन गर्ने जिम्मेवारी समितिले पाएको छ ।

सम्बन्धित संवैधानिक अंग तथा निकाय, मन्त्रालय वा सचिवालयबाट सरकारी नगदी जिन्सीको हानी नोक्सानी नभएको पुष्ट्याईसहित फर्छ्योटका लागि सिफारिस भई आएमा औचित्यका आधारमा त्यस्तो बेरुजु नियमित गर्ने वा लगत कट्टा गर्ने जिम्मेवारी यो समितिको हुने छ ।

समितिको कार्यावधि काम सुरु गरेको मितिले दुई वर्ष तोकिएको छ । समितिका लागि आवश्यक कर्मचारी तथा बजेटको व्यवस्था अर्थ मन्त्रालयले उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?