+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन हुँदै ‘पूर्णबहादुरको सारंगी’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १९ गते १२:१०

काठमाडौं । तिहारको घरेलु बक्स अफिसमा ‘पूर्णबहादुरको सारंगी’ले आक्रामक कमाइ गरिरहेको छ । सोमबार मात्रै फिल्मको कलेक्सन करोडभन्दा बढी हुने प्रक्षेपण छ ।

भारतीय फिल्म ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ले नेपाली बक्स अफिसमा कमजोर ब्यापार गरिरहँदा यसको फाइदा विजय बराल स्टारर ‘पूर्णबहादुको सारंगी’ले उठाएको छ । ५६ शोबाट रिलिज भएको फिल्मको कूल शो सोमबारसम्म १९० हाराहारीमा छ ।

स्वदेशमा उत्कृष्ट कमाइ गरिरहँदा अब भने यो फिल्म अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने भएको छ । मंगलबार टोकियोबाट फिल्मले अन्तर्राष्ट्रिय यात्रा थाल्दैछ । आउँदो विहीबार अष्ट्रेलिया र मध्यपूर्व, शुक्रबारदेखि अमेरिका र बेलायतमा प्रदर्शनको टुंगो लागेको छ ।

महत्वपूर्ण के छ भने अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले आफ्नो निर्माणको पहिलो फिल्मलाई बृहतरुपमा विदेशी बक्स अफिसमा रिलिज गर्ने तयारी गरेको छ ।

‘अहिलेसम्मकै उच्च शो र बजारमा यस फिल्मलाई बृहतरुपमा रिलिज गर्दैछौं’ कार्यकारी निर्माता तथा मध्यपूर्व वितरक रमेश ढकालले अनलाइनखबरसँग भने, ‘नेपाली फिल्मले अहिलेसम्म पाएको भन्दा सर्वाधिकरुपमा फिल्म लाग्नेछ ।’

सेभेन सिजले दशैंमा वितरण गरेको ‘छक्कापञ्जा ५’ले विदेशमा राम्रो कमाइ गरेको थियो । सेभेन सिजका सदस्यद्वय विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेको ‘पूर्णबहादुरको सारंगी’को पहिलो फिल्म हो ।

शीर्ष अभिनेताको रुपमा विजय बरालको यो पहिलो फिल्म समेत हो । यस फिल्मले लिड एक्टरको रुपमा उनको सिनेम्याटिक करिअरलाई राहत मिलको अपेक्षा गरिएको छ । नेपालको बक्स अफिस प्रस्तुति र प्रतिक्रियाले ‘पूर्णबहादुरको सारंगी’लाई अन्तर्राष्ट्रिय बजारमा मद्दत मिल्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?