+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘ह्रस्व दीर्घ’को स्याटेलाइट र ओटीटी राइट भारतको जी-नेटवर्कले किन्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते २१:३४

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी अधिकार भारतको प्रसिद्ध जी-नेटवर्कले किनेको छ । निर्माता समेत रहेका अभिनेता हरिहर अधिकारीले यसबारे जानकारी दिएका छन् ।

जी–नेटवर्कअन्तर्गत रहेको ‘जी-फाइभ’ भारतको लोकप्रिय ओटीटी प्लाटफर्ममध्ये पर्छ । यतिबेला भारतमा रहेका हरिहर र निर्मात्री ढुंगानाले जि मिडियासँग बुधबार राइट विक्रीबारे सम्झौता गरेको जनाइएको छ ।

नेपाली र दक्षिण भारतीय बाहेकका भाषाको राइट जि मिडियाले महंगो मूल्यमा किनेको विवरणहरूमा जनाइएको छ । चन्द्र पन्त निर्देशित फिल्ममा नाम चलेका भारतीय कलाकारले समेत अभिनय गरेका छन् ।

‘गजनी’ फेम्ड अभिनेता प्रदीप रावत, ब्रम्हानन्दम, अलि लगायतको यसमा अभिनय छ । छिमेकी मुलुकमा नेपाली फिल्मको बजार खोजीका लागि जि मिडियासँगको सम्झौता महत्वपूर्ण उपलब्धि रहेको ठानिएको छ ।

फिल्मले नेपाली बक्स अफिसमा सुखद कमाइ गरेको छ । नेपाली फिल्म हलमा यो फिल्मको लाइफटाइम कलेक्सन केही दिनसम्म सार्वजनिक गर्ने तयारी भैरहेको ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?