+
+

सोनु निगमले ५ नेपाली गीत गाउने, पर्वतीय उडान पनि भर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १४:१५

काठमाडौं । भारतीय संगीतकर्मीका अघिल्ला कन्सर्टभन्दा सोनु निगमको काठमाडौं प्रस्तुति भिन्न हुनेवाला छ । भिन्न यसअर्थमा कि निगमले ५ वटा जति नेपाली गीत गाउनेछन् ।

उनले गाउने निश्चित भएको गीत हो- फिल्म ‘सिमाना’मा समावेश उनकै आवाजको गीत ‘उकाली ओराली गर्दै’ । कुनै समयको यो हिट गीतसँग घरेलु फिल्मको संवेदना पनि जोडिएको छ । दशकौंपछि निगमले हायात मैदानको कन्सर्टमार्फत नेपाली दर्शकलाई त्यो क्षण ताजा बनाउन प्रयास गर्नेछन् ।

निगमसहित उनको २५ सदस्यीय ब्याण्ड कन्सर्ट हुने दिन बुधबार बिहान काठमाडौं उत्रनेछ । बेलुका ६ बजेदेखि कन्सर्ट सुरु हुने र बेलुका ७ बजे निगमले स्टेज चढ्नेछन् ।

कम्तीमा ३ घण्टासम्म निगम र उनको सांगीतिक समूहले हायातको चौरमा प्रस्तुति दिने तय भएको छ । क्रिसमस डेमा हुन कन्सर्टको लागि आइतबारसम्म साढे ६ हजार टिकट बिक्री भैसक्यो । कन्सर्टमा साढे ८ हजारभन्दा धेरै दर्शक सहभागि हुने अपेक्षा गरिएको आयोजक नेपाल टचले जनाएको छ ।

कन्सर्टको भोलिपल्ट विहिबार निगमले पर्वतीय उडान भर्नेदेखि पशुपतिनाथ र बौद्ध स्तुपको दर्शन पनि गर्ने अपेक्षा छ । सोही दिन बेलुका उनी भारत फर्किने तयारी छ । भारत फर्किएर उनले अंग्रेजी नयाँवर्षको कन्सर्टमा प्रस्तुति दिनेछन् ।

‘उहाँको गतिविधिले नेपालको पर्यटन प्रवर्धन हुने अपेक्षा राखेका छौं’ आयोजकमध्येका अभिनास घिमिरेले अनलाइनखबरसँग भने ।

आयोजनास्थलको सबै तयारी पुरा हुने क्रममा छ । सोमबार बेलुकासम्म स्टेज, लाइट, साउण्ड र ब्यारिअर निर्माणका कामले पूर्णता पाउनेछन् । ८ वटा जति भीआइपी दर्शकले टेबुल बुक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?