+
+

सडक पेटीमा फोहोर पानी फालेको भन्दै १५ हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ७ गते १५:२१

७ पुस, काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिकाको ४ नम्बर वडाको सडक पेटीमा फोहोर पानी फालेको भन्दै निरज न्यौपानेलाई जरिवाना गरेको हो ।

काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ ।

पछिल्लो समय जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्ने लगायत कुरामा महानगर प्रहरीले निगरानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?