
७ पुस, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ प्रतिशत बोनस सयेर घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको ५ पुसमा बसेको १११औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९ सयको १४ प्रतिशतका दरले हुन आउने १८ करोड ८६ लाख ५२ हजार ६ सय ४६ रुपैयाँ बराबर बोनस सेयर दिने निर्णय गरेको हो ।
त्यसैगरी बोनस सेयरको कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.७३६८ प्रतिशतले हुन आउने ९९ लाख २९ हजार ८७ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको छ ।
त्यस्तै सञ्चालक समितिले लघुवित्तको छैटौं वार्षिक साधारणसभा २८ पुसमा गर्ने र १६ पुस एकदिन सेयर दर्ता किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4