+
+

०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १६:१९

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी पनि उनको थियो ।

‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो । त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान,’ सिटौलाले भने ।

अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्दै उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न कांग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्ने बताए ।

‘कांग्रेस पार्टीका साथीहरूले बढो गर्वका लागि राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि हामीले गरेको संघर्ष, आन्दोलन, क्रान्ति, जेजे छ, जेजे जान्नुहुन्छ, हामीले भन्दै जानुपर्छ । भन्न छोड्नु हुन्न,’ उनले भने, ‘किनभनले देशको राजनीतिक फाउण्डेशन हाम्रै नेतृत्वमा बनेको छ । देशको विकासमा हामीले जे जति काम गरेका छौँ । गरेका राम्रा कुरारू भन्दै जानुपर्छ, भन्न छाड्नहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?