+
+

विमानस्थलमा पर्यटकलाई सहजीकरण गर्न पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटक सेवामा सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १७:०४

८ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटक सेवामा सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवाला बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिएका हुन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र हो । राजनीतिक मान्छेको सरल पहुँच भएका कारण यस क्षेत्रको धेरै गुनासो आउने गरेको छ । सुरक्षा निकायको भूमिका अझैं प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ,’ उनले भने, ‘एक पटक आउने विदेशी पर्यटकलाई पटक–पटक आउने खालको वातावरण बनाउनुपर्छ ।’

उनले त्रिभुवन विमानस्थल विदेशीका लागि प्रमुख प्रवेशद्वार भएकाले यहाँका कर्मचारीले राष्ट्रिय पहिचान झल्किने खालको पोसाक लगाउन समेत आग्रह गरे ।

मन्त्री पाण्डेले वार्षिक ४६ लाख यात्रु क्षमता भएको त्रिभुवन विमानस्थलले हाल ९० लाखलाई सेवा दिनुपर्ने बाध्यता रहेको बताए ।

प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्तदुरुस्त पार्न समेत उनले अनुरोध गरे । उनले विमानस्थलमा देखिएका समस्या पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न समेत निर्देशन दिए ।

उनले भन्सार, अध्यागमन, एयरलाइन्स, प्राधिकरण कसले के–के काम गर्ने र कति समयभित्र गर्ने भनी प्राथमिकीकरण गर्न समेत निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?