
८ पुस, काठमाडौं। हिमालय पावर पार्टनर लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । तर, हकप्रद सेयर भने ५० प्रतिशत दिने भएको छ ।
कम्पनी सञ्चालक समितिको ७ पुसमा बसेको ६७औं बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ बराबर छ ।
लाभांश घोषणा नगरे पनि कम्पनीले १ बराबर ०.५ प्रतिशत हकप्रद सेयर वितरण गर्ने जनाएको छ ।
त्यस्तै सञ्चालक समितिले कम्पनीको वार्षिक साधारणसभा २९ पुसमा गर्ने र १७ पुस एकदिन सेयर दर्ता किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4