
काठमाडौं । प्रायः बलिउड स्टार किड्ससँग देखिने ओरी अर्थात् ओरहान अवतारमणिलाई सधैं तपाईंको योजना के छ भनेर सोधिन्छ । यसका लागि अब उनीसँग सीधा जवाफ छ- किनकी उनी बलिउडमा डेब्यु तयारीमा छन् ।
त्यो पनि सञ्जयलीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’बाट । यसमा आलिया भट्ट, रणवीर कपूर र विक्की कौशल मुख्य भूमिकामा छन् ।
उनी लगभग हरेक बलिउड पार्टीमा देखिन्छन् । अम्बानी परिवारसँग पनि नजिक छन् । इन्डिया टुडेको रिपोर्ट अनुसार ओरी अब फिल्म ‘लभ एन्ड वार’ मा देखिनेछन् । उनलाई केमियोको लागि कास्ट गरिएको छ । यसमा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिनेछिन् ।
ओरी ‘इन्टरनेट सेनसेसन’ हुन् । सामाजिक सञ्जालमा उनका धेरै फलोअर्स छन् । इन्स्टाग्राममा उनलाई १६ लाखले पछ्याएका छन् । फ्यानका लागि उनले बलिउडका इन्साइड तस्वीर सेयर गर्छन् ।
यसैमहिना ओरीले काठमाडौंमा एक साता बिताए । उनले सगरमाथा क्षेत्रमा पर्वतीय उडान मात्र भरेनन्, मा शिलाको काठमाडौं प्रवचनमा पनि भाग लिए । उनले पाटन, भक्तपुर र वसन्तपुर दरबार क्षेत्रको भ्रमण समेत गरे ।
भन्सालीको कुरा गर्दा उनले ओटीटीको दुनियाँमा ‘हीरामाण्डी’ वेब सिरिजबाट प्रवेश गरेका थिए । यो सिरिजले दर्शकको धेरै माया पाएको छ । फिल्मको कुरा गर्दा उनले आलिया भट्टसँग २०२२ मा ‘गंगुबाई काठियावाडी’ बनाएका थिए । ‘लभ एन्ड वार’ बाहेक उनको ‘मन बैरागी’ पनि छ, जसलाई उनले एक्लै निर्माण गर्नेछन् ।
प्रतिक्रिया 4