+
+

जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते २०:०७

८ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम खेलपछि जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको कुटपिट तथा गरिएको दुर्व्यवहारको विरोधमा जनकपुरका युवाहरूले गृहमन्त्रीको पुत्ला जलाएका छन् ।

सोमबार जनकपुरका युवाहरूले भानुचोकमा गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका हुन् । उनीहरूले गृहमन्त्रीविरूद्ध नाराबाजीसमेत गरेका थिए ।

शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो ।

कुटपिटपछि मधेशी आयोगलगातयमा उजुरी परेपछि प्रहरीले क्रिकेट मैदान बाहिर युवकमाथि कुटपिट गरेको घटनाबारे  छानबिन थालेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?