+

एनओसी उपाध्यक्ष सुनिलले निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने

२०८१ पुष  ९ गते ११:०२ २०८१ पुष ९ गते ११:०२
एनओसी उपाध्यक्ष सुनिलले निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने

९ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले एनओसीको निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने भएका छन् ।

नेपाल फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनले एनओसीका निर्वाचन अधिकृतलाई पत्र लेख्दै निर्वाचनमा सहभागी हुन नसक्ने जानकारी गराएका हुन् ।

निर्वाचनका लागि दिइएको सूचनाअनुसार निर्वाचन प्रक्रियामा सहभागिता जनाउँदा उच्च अदालत पाटनले जारी गरेको कारणदेखाउ आदेशको अवज्ञा हुने, राष्ट्रिय खेलकुद परिषदको पत्रको उल्लंघन हुने र युवा तथा खेलकुद र गृह मन्त्रालयको आदेशको विपरित हुने भएकोले उनी निर्वाचन प्रक्रियामा सहभागी नहुने भएका हुन् ।

नेपाल ओलम्पिक कमिटी नेतृत्वले एनओसीको आगामी चार वर्षे कार्यकालको लागि यही १३ पुसका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको थियो । त्यसमा लागि सोमबारसम्म मनोनयन दर्ता गर्ने मिति तोकिएको थियो ।

नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्वाचनको विषयमा कारण देखाउ आदेश जारी गरेको थियो । यस्तै अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने समेत आदेश दिएको छ ।

यो पनि पढ्नुहोस् : एनओसी निर्वाचन : विवादका बाबजुद अनलाइनबाट मनोनयन

एनओसी निर्वाचन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय