
९ पुस, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफल भएको भन्दै खबरदारी सभा गर्ने भएको छ।
मंगलबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर पार्टीको पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको बताए ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘एमाले-कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ, संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकारले पनि जनतामा उत्साह पैदा गराउन असफल रहेको र जनचाहना बमोजिम विकास र सेवा प्रवाह दिन चुक्यो।’
यसका साथै राप्रपाले सरकारलाई ७ बुँदे सहमतिको वाचा र संविधान संशोधनको प्रतिवद्धता स्मरण गराउँदै उक्त समझदारीप्रति गम्भीर हुन आग्रह गरेको छ।
यस्तै सहकारी पीडित नागरिकको बचत र आर्थिक सुरक्षालाई जोड दिँदै सहकारी समस्यामा गम्भीर बन्न सरकारसँग राप्रपाले माग गरेको छ ।
सहकारीको बचत रकम हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही दायरामा ल्याउन पनि राप्रपाले सरकारलाई आग्रह गरेको हो।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4