+

राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप बुधबारदेखि

२०८१ पुष  ९ गते २०:१५ २०८१ पुष ९ गते २०:१५
राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप बुधबारदेखि

९ पुस, ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बुधबार देखि सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतियोगिता हुँदैछ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बुधबार देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी गराएका छ ।

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार विश्व बुद्धिचाल महासंघ (फिडे) को तत्त्वावधानमा सञ्चालन हुने प्रतियोगिताको फिडे ईभेण्ट कोड ३९१८७३ रहेको छ । खेल क्लासिकल स्टाण्डर्ड ९० मिनेट ३० सेकेण्ड ईन्क्रिजमेण्टको हुनेछ ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम्स सहित आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, पूर्व विजेता थापाथली चेस पार्क, दोलखा जिल्ला बुद्धिचाल संघ, काठमाडौं चेस क्लब, महालक्ष्मी नगरपालिका ललितपुर, कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ रहेका छन् ।

यसैगरी गोदावरी नगरपालिका ललितपुर, भक्तपुर जिल्ला बुद्धिचाल संघ , पुल्चोक इन्जिनियरिङ कलेज, मध्यपुर ठिमी चेस एशोसियशन, बुकास डटकम कुमारीपाटी, सुदुरपश्चिम प्रदेश संघ, डाइनामिक चेस क्लब लहान, पेभेलियन चेस एकेडेमी, हिमालयन चेस एकेडेमी ए, माउन्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब र हिमालयन चेस एकेडेमी बी गरि कूल २० सहभागी चेस टोलिको नाम दर्ता भइसकेको जानकारी गराएका छन् ।

क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगितामा हरेक टोलिवाट ५ जना खेलाडी र एक जना टिम व्यवस्थापक रहने छ । अन्तर्राष्ट्रिय फर्म्याटमा खेलाइने प्रतिस्पर्धामा ३ जना खुल्ला तर्फका शीर्ष खेलाडी, एक जना महिला वा युवा १६ वर्षका खेलाडीले सामूहिक स्पर्धा गर्ने छन् भने एक जना खेलाडी रिजर्भ रहनेछ ।

प्रतियोगिता जम्मा ७ चरणको लिग खेल सञ्चालन हुनेछ । लिग चरणबाट शीर्ष ४ टोलि सेमिफाइनलका लाग छनौट हुनेछन् । सेमिफाइनल जित्ने २ टोलिले फाइनल खेल्ने छन् । विजेताले २ लाख नगदसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख २० हजार, तेस्रो हुनेले ६० हजार, चौथोले ४० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने हरेक बोर्डका ५ जना खेलाडीले नगद १० हजार सान्त्वना पुरस्कार हात पार्नेछ । प्रतियोगिताको कूल नगद पुरस्कार ४ लाख ७० हजार रहेको छ ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघले पूर्व घोषणा गरेका राष्ट्रिय प्रतियोगिताहरु सम्पन्न गरिसकेको बताएका छन् । पूर्व घोषित राष्ट्रिय ब्लिट्ज, राष्ट्रिय रापिड, राष्ट्रिय सिनियर, राष्ट्रिय एमेच्योर, उमेर समूहका सबै राष्ट्रिय खेल,९ औं महिला राष्ट्रिय च्याम्पियन, १४ औ राष्ट्रिय प्रतियोगिता सकिसकेको छ । यो राष्ट्रिय टिम पनि सम्पन्न हुने चरणमा रहेको बताउँदै आगामी जनवरी देखि नयाँ क्यालेण्डरमा खेल सञ्चालन गरिने जानकारी गराएका छन् ।

अध्यक्ष महर्जनले टिम खेलमार्फत खेलाडीहरुलाई व्यवसायीक खेलतर्फ अग्रसर गराउने प्रयास गरेको बताउँदै राम्रा खेलाडीले पारिश्रमिक पाउन सफल भएको बताए । ‘गत संस्करणको विजेतालाई रसियामा भएको एशियन सिटिज् चेस च्याम्पियनसिपमा सहभागी गराएका थियौं भने यस पटकको विजेताले २०२५ मा हुने एशियन सिटिज् टिम च्याम्पियनसिप खेल्ने छन् ।’ उनले भने ।

पत्रकार सम्मेलनमा तुल्सीलाल प्रतिष्ठानका अध्यक्ष एवं पूर्व खेलकुदमन्त्री गोपाल शाक्य, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, अन्तर्राष्ट्रिय प्रमुख निर्णायक यज्ञप्रसाद पन्त, फिडे आर्विटर सोराज ताम्राकार, फिडे वर्डकप खेलेका एफएम रुपेश जैसवाल लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय