+
+

सोनु निगमले प्रस्तुति दिने कन्सर्टमा राखिएका मदिराका विज्ञापन महानगरले हटायो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १६:३०

१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध ह्यात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको छ ।

महानगरपालिकाका अनुसार अनधिकृत रुपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको हो ।

यही कन्सर्टमा सहभागी हुन भारतीय गायक सोनु निगम पनि काठमाडौं आएका छन् । निगमले पनि कन्सर्टमा प्रस्तुती दिँदैछन् ।

महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको जनाइएको छ ।

मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरू हटाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?