
११ पुस, काठमाडौं । रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापा छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4