+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
११३ बलमा ११० रन आवश्यक
पोखरा एभेन्जर्स 2025
11/0 (1.1)
Shares

संसदीय मैत्री समूहमा भागबन्डा : अमेरिकामा कांग्रेस, भारतमा एमाले, चीनमा माओवादी

संसद सचिवालयका अनुसार नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १३:४४

११ पुस, काठमाडौं । संघीय संसद् सचिवालयले बिहीबार संसदीय मैत्री समूहमा राजनीतिक दलहरूबीच भागबन्डा गरेको छ । संसदीय मैत्री समूहको संयोजकमा यसअघि राजनीतिक दलहरूबीच सहमति नजुट्दा गठन हुन सकेको थिएन ।

मैत्री समूहमा रहने सदस्यहरू यसअघि नै टुंगो लगाइएको थियो । बिहीबार गठित मैत्री समूहमा अमेरिकासहित १४ वटा देशको संयोजक नेपाली कांग्रेसको भागमा परेको छ ।

अमेरिकामा नेपाली कांग्रेसका तर्फबाट प्रकाशशरण महत संयोजक रहेका छन् ।

त्यस्तै, नेकपा एमालेले भारतसहित १२ वटा देशको मैत्री समूहको संयोजक लिएको छ । भारतमा एमालेले रघुवीर महासेठलाई संयोजक बनाएको छ ।

नेकपा माओवादी केन्द्रले चीनसहित ६ वटा देशमा मैत्री समूहको संयोजक लिएको छ । चीनमा माओवादीले नारायणकाजी श्रेष्ठलाई संयोजक बनाएको छ ।

संसद सचिवालयका अनुसार नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने अभ्यास छ ।

नेपालसँग दौत्य सम्बन्ध भएका विभिन्न देशसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्नका लागि राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका सांसदहरू रहेका संसदीय मैत्री समूह गठन गर्ने गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?