+
+

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १४:३५

११ पुस, काठमाडौं । भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको भोजपुरका डीएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ भने बाँकीको भोजपुर अस्पताल र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको उनले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?