
११ पुस, काठमाडौं । पोखरा–काठमाडौं रुटमा एयरबसबाट प्रवर्द्धनात्मक उडान गरिएको छ । बिहीबार पोखराबाट १ सय २६ यात्रु बोकेर ‘एयरबस ३१९’ जहाज काठमाडौं आएको हो ।
यो जहाज यसअघि चीनको छेन्दुबाट १ सय २९ यात्रुसहित पोखरा आएको थियो । पोखरा जाँदा र काठमाडौं आउँदा जहाज भरिभराउ गरेर ल्याइएको थियो । यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमा यो आकारका जहाजलाई कुनै समस्या नरहेको पुष्टि हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।
पोखरा विमानस्थलमा न्यारोबडी जहाजबाट नियमित उडान गर्न सकिने उनको भनाइ छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार डाँडा र धावनमार्गका कारण उडान गर्न नसकिने हल्ला यो उडानबाट झुटो सावित भएको छ ।
पोखराबाट उड्ने जहाजले काठमाडौं ट्रान्जिट गर्न वा पोखराबाट सिधै उडान गर्नसमेत सक्ने गरी बिहीबार प्रवर्द्धनात्मक उडान गरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया 4