+
+

भीम रावलले नयाँ पार्टी खोल्ने

‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १५:२८

११ पुस, काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ । त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ,’ स्रोतले भन्यो ।

देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् । तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोंचमा उहाँ हुनुहुन्छ,’ स्रोतले भन्यो ।

दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निस्कासन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?